दफा ३०
दण्ड सजाय
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम राख्न बनाउन वा
पेश गर्नुपर्ने विवरण, हिसाब किताब प्रतिवेदन वा अन्य कुनै कागजातमा जानी जानी वा
बदनियतसाथ झुठो तथ्य देखाउने वा साँचो कुरा दबाई बेहोरा फरक पार्ने वा सो कुराको
उद्योग गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय
हुनेछ ।
(२) सञ्चालक वा समितिको कुनै कर्मचारीले जानी जानी वा लापरवाही गरी वा
बदनियतसाथ उपदफा (१) मा लेखिए बाहेक अन्य कुनै कुरा गरी समितिलाई हानी नोक्सानी
पु¥याएमा निजलाई एक वर्षसम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(३) सञ्चालक वा समितिको कुनै कर्मचारीले दफा २२ अन्तर्गत जाँचबुझ गर्न
नियुक्त भएको व्यक्तिलाई निजको कामकाजमा बाधा पु¥याएमा वा त्यस्तो व्यक्तिले कानुन
बमोजिम मागेको कागजपत्र वा सूचना कुनै मुनासिब कारण बिना नदिएमा वा दिनमा
लापरवाही गरेमा निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(४) कसैले समितिको लिखित स्वीकृति नलिई कुनै विवरणपत्र वा विज्ञापनमा
समितिको नाम प्रयोग गरेमा निजलाई ६ महीनासम्म कैद वा एकहजाररुपैयाँसम्म जरिवाना
वा दुबै सजाय हुनेछ ।
(५) तत्काल सञ्चालक वा महाप्रबन्धक भएको कुनै व्यक्तिले दफा १६ उल्लंघन गरी
समितिसित हुने लिखित ठेक्कामा हिस्सेदार भई सो दफा बमोजिम जाहेर गर्नु पर्ने नगरी सो
हैसियतबाट कुनै फाइदा उठाएको वा उठाउन उद्योग गरेमा निजलाई दुई वर्षसम्म कैद वा
पाँचहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
(६) यस दफा बमोजिम सजाय हुने अपराधबाट समितिलाई कुनै हानी नोक्सानी
भएको रहेछ भने त्यस्तो हानी नोक्सानीको बिगोसमेत सो अपराध गर्ने व्यक्तिबाट असुल उपर
गरिनेछ ।